खाेज्नुहाेस

काग्रेस महाधिवेशन : महामन्त्रीमा ११९५ मत गन्दा पौडेल चौथो नम्बरमा झरे

Image

काठमाण्डौं – नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाले अग्रता कामयै राखेका छन् भने विश्वप्रकाश शर्मा र प्रकाश शरण महतले पछ्याइरहेका छन्।

यसअघि तेस्रो नम्बरमा रहेका प्रदीप पौडेलले भने चौथो नम्बरमा झरेका छन्। उनलाई महतले उछिनेका छन्।

attariya hospital
navjiwan hospital

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ११९५ मत गन्दा गगन थापाले ७५६, विश्वप्रकाश शर्माले ४९० र प्रकाशशरण महतले ३८९ मत पाएका छन्।

त्यस्तै, प्रदीप पौडेलले ३६९, मिनेन्द्र रिजालले २२३ र राजाराम कार्कीले ३९ मत पाएका छन्।

पहिलो र दोस्रो हुने महामन्त्रीमा निर्वाचित हुनेछन्। कांग्रेस महाधिवेशनमा ४६७९ मत खसेको छ। महाधिवेशनमा ४७४३ मतदाता रहेका थिए। आज बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो।