खाेज्नुहाेस

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५६ नमुना परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पिसिआर विधिबाट ६८ नमुना परिक्षण गर्दा ७ जना र एन्टिजेन विधिबाट ८ सय ८८ नमूनाको कोरोना परिक्षण गर्दा ६ जनामा संक्रमण देखिएको छ ।

attariya hospital
navjiwan hospital

यो संगै हालसम्म ४८ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१२ रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।