पछिल्लो समय पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको धनगढीको देवहरिया वनस्पति उद्यान सुदूरश्चिम क्षेत्रमा पाईने जडिबुटी संरक्षणका लागि पनि उतिकै महत्तपुर्ण स्थान हो ।
वनस्पति अनुसन्धान केन्द्र कैलालीको अनुसन्धान केन्द्र समेत रहेको यस उद्यानमा सुदूरपश्चिमा पाईने बिभिन्न जडीबुटी संगै लोपोन्मुख बिरुवा समेत संरक्षण गरिएका राखिएको छ ।
जडिबुटी तथा सुगन्धित वनस्पतिको वैज्ञानिक अनुसन्धान, संरक्षण, प्रदर्शन, विक्री वितरण तथा जनचेतना जगाउने उद्देश्यले वि.सं २०५६ सालमा स्थापित देवरिया वनस्पति उद्यान धनगढी उपमहानगरपालिका ८ मा रहेको सुदूरपश्चिमाञ्चल प्रदेशको एक मात्र राष्ट्र्यि उद्यान हो ।
धनगढीको मुख्य बजार देखि ५ किलोमीटर दुरीमा रहेको यो उद्योन करिब १०० हेक्टरमा फैलिएको छ ।
देवरिया वनस्पति उद्यानमा उष्णिय साल−अस्नाको सम्मिश्रित वन, ११६ प्रजातिका महत्वपूर्ण वनस्पतिहरु रहेका छन ।
यस उद्यानमा अहिले दैनिक रुपमा ४ देखि ५ सय मानिसहरु यस उद्यानमा घुम्न, रमाउन तथा पिकनिकका लागि आउने गरेका छन ।