खाेज्नुहाेस

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तिले झोपडी भत्काउदा भाग्ने क्रममा शनिबार राति हात्तिकै आक्रमणबाट घाईते भएका उनको बेलौरीस्थित अस्पताल पु¥याउदा मृत्यु भएको आरक्ष संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए ।

attariya hospital
navjiwan hospital

हात्तीले आक्रमण गरी मृत्यु भएका रानाका छोरा भारतमा रोजगारीका लागि गएका छन । शिविरमा उनकी श्रीमती, बुहारी र नातीनतिना बस्दै आएका छन् ।

हात्तीले शिविरका २० वटा झोपडी समेत भत्काइदिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति साढे ८ बजे छावासहितका १५ वटाभन्दा जंगली हात्तीको बथान शिविरमा छिरेको भण्डारीको भनाइ छ । हात्तीले झोपडी भत्काउन शुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर होहल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको उनले बताए ।

शिविर सहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडा अध्यक्ष फुलाराम चौधरीले बताए । हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय त्रसित भएका छन् । गत महिना मात्रै हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१२ का एक दम्पतीको मृत्यु भएको थियो ।