बैतडी – बैतडीमा भालुको आक्रमणमा परी दुईजना घाइते भएका छन् । भालुको आक्रमणमा परी पञ्चेश्वर गाउँपालिका – ५ नेटाका ३२ बर्षीय महेशराम भुल र ४० बर्षीया कमला चन्द घाइते भएका हुन ।

शनिबार घर नजिकैको जंगलमा घाँस दाउरा काट्न गएका बेला भुल र चन्दमाथि भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन ।

घाइते दुवैलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

















