खाेज्नुहाेस

कैलालीमा गाईसंग मोटरसाइकल ठोक्किदा २ जना घाइते

Image

अत्तरिया – कैलालीमा गाईसंग मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका –६ कठौतीस्थितमा बा८९क १७३३ नम्बरको मोटरसाइकल गाईसंग ठोक्किदा २ जना घाइते भएका हुन ।

navjiwan hospital

घाइते हुनेमा टीकापुर नगरपालिका –६ का ३० वर्षीय रविन चन्द, टीकापुर नगरपालिका – ९ की २२ वर्षीया फरिदा साउद रहेका छन । घाईते भएका मोटरसाइकल चालक चन्दको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

दुवै जनाको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जेशीले जानकारी दिएका छन ।