अत्तरिया – कैलालीको अत्तरियाका रहेको रुद्र अटोमोटिभ्सले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अत्तरियामा रहेको बजाज मोटरसाईकलको एक मात्र आधिकारीक विक्रेता रुद्र अटोमोटिभ्सले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको अटोमोटिभ्सका संचालक गिरी राज भट्टले बताए । उनले रक्तदान कार्यक्रमबाट ४१ पिन्ट रगत संकलन भएको बताए ।

‘व्यवसाय मात्रै नभएर सामाजको सेवा गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेका हौ’ उनले भने ‘यसबाट कोरोना महामारीका बेला हुने रगत अभाव कम गर्न सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।’
रक्तदान कार्यक्रम रुद्र अटोमोटिभ्सको प्राङ्गणमा आयोजना गरिएको थियो । कार्यक्रममा रुद्र अटोमोटिभ्सका कर्मचारी, अत्तरिया बजार क्षेत्रमा रहेका व्यवसायीले रक्तदान गरेका थिए ।

















