खाेज्नुहाेस

अत्तरियामा हुने ‘एभरेष्ट फुटबल टुर्नामेन्ट’ को तयारी पुरा 

Image

अत्तरिया – कैलालीको अत्तरियामा हुने ‘एभरेष्ट फुटबल टुर्नामेन्ट २०७८’ को तयारी पुरा भएको छ । अत्तरियामा रहेको एभरेष्ट एकेडमी, गोदावरी प्याब्सन र न्यु मालिका युवा क्लवको आयोजनामा मंसिर २६ देखि हुने प्रतियोगिताको तयारी पुरा भएको हो ।

आधारभूत तह विद्यालयल स्तरिय फुटबल टुर्नामेन्ट (प्रतियोगिता) को तयारी पुरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

attariya hospital

पत्रकार सम्मेलनमा बोल्दै खेल संयोजक धर्मराज भट्टले प्रतियोगिता संचालनका लागि टाइसिट निकालिसकिएको बताए । उनले प्रतियोगिताको पहिलो खेल मंसिर २६ गते आयोजक एभरेष्ट एकेडमी र दुर्गालक्ष्मी माविका बिच हुने बताए ।

प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाकी उपमेयरले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

navjiwan hospital

प्रतियोगितामा कैलाली र कञ्चनपुरका १७ निजी विद्यालयका टिम र १ सामूदायिक विद्यालय गरी १८ टिम सहभागि हुने छन । १८ टिमलाई ४ समुहमा बिभाजन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुनका लागि खेलाडीको उमेरहद १४ बर्ष तोकिएको छ ।

प्रतियोगिता विजेता टिमलाई १५ हजार तथा उपविजेतालाई १० हजार प्रदान गरिने छ  भने प्रतियोगितमा प्रत्येक खेलको म्यान अफ दि म्याच बराबर १ हजार र बेष्ट प्लियरलाई ३ हजार दिने जनाइएको छ ।

खेल उद्घाटनको दिन २ खेल खेलाइने छन भने त्यसपछि पुस १ गते सम्म प्रतेक दिन ३/३ खेल खलाइने आयोजनले जनाएको छ । प्रतियोगिता अन्तरगत पुस २ गते सेमिफाइनल खेल खेलाइने छ भने ३ गते फाइनल खेल खेलाएर समापन गरिने छ ।

फुटबल प्रतियोगिता गोदावरी नगरपालिका – ३ मा रहेको न्यु मालिका युवा क्लवको खेल मैदानमा हुने जनाइएको छ ।

सम्बन्धित समाचार  : अत्तरियामा आधारभूत तह विद्यालयल स्तरिय ‘एभरेष्ट फुटबल टुर्नामेन्ट’ हुने