खाेज्नुहाेस

खाद्यले कञ्चनपुरमा आउँदो सातादेखि धान खरिद गर्ने

Image

कञ्चनपुर – कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अर्को सातादेखी धान खरिद गर्ने भएको छ ।

स्थानीय खरिद समितिको सोमबार बसेको बैठकले टोकन प्रणाली लागू गरेर आउँदो आइतबारदेखि खरिद सुरु गर्ने निर्णय गरेको हो । टोकन भने शुक्रबारदेखी वितरण गरिने कम्पनिको कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख तपेन्द्र प्रसाद उपाध्यायले बताए ।

attariya hospital

उनले कम्पनीले यस वर्ष कञ्चनपुरमा ६ हजार क्विन्टल धान खरिदको कोटा पाएको र खरिद गर्दै जाँदा कृषकहरूको चाप हेरेर कोटा बढाउन सकिने बताए ।

navjiwan hospital

महेन्द्रनगर शाखाले कात्तिक अन्तिम साता नै १० हजार क्विन्टल धान खरिदको अनुमतिका लागि केन्द्रमा पत्राचार गरेको थियो । केन्द्रबाट ढिलो गरी अनुमति प्राप्त भएको हो ।

उपाध्यायका अनुसार वर्षाले अधिकांश कृषकको धान भिजेका कारण कम्पनीले कोटाअनुसार नपाउने चिन्ता छ । कम्पनीले २५ प्रतिशतभन्दा कम चिस्यान भएको धानमात्रै खरिद गर्छ ।

यस वर्ष धानको मूल्य गत वर्षको तुलनामा वृद्धि भएर २ हजार ७ सय ७२ प्रतिक्विन्टल पुगेको छ । कम्पनीले गत वर्ष कात्तिकमध्येदेखि नै खरिद गर्दा पनि कोटाअनुसार धान पाएको थियो । १३ हजार क्विन्टल खरिदको कोटा पाए पनि ९ हजार ४ सय ७९ क्विन्टल मात्रै खरिद गर्न सकेको थियो ।