यू–१९ पुरुष राष्ट्रिय क्रिकेट : फाइनलमा सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य

 

काठमाडौं – यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार जारी खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले पुरा ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर २१२ रन बनाएको हो ।

maya metro hospital

लुम्बिनीका ओपनर आकाश त्रिपति र विराट भण्डारी शून्य रनमा बाहिरिएका थिए । तर, देव खनालले ९५ बलमा ७० रन बनाए भने प्रज्वल थापाले २४ रन बनाए ।

citizen security services

त्यस्तै, विक्रम केसीले ५१ रन बनाए भने दुर्गेश गुप्ताले ३२ रन जोडे । बलिङतर्फ आकाश चन्दले तीन विकेट लिँदा हेमन्त धामी र शेर मल्लले समान २–२ विकेट लिए । सुदूरपश्चिमका नरेन राउद र राहुन भण्डारीले समान १–१ विकेट लिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.