धनगढी – लागूऔषध मुद्दामा अदालतबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कैलालीको फैसलाअनुसार लागूऔषध मुद्दामा ११ महिना १६ दिन कैद सजाय तथा २ हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–८ निवासी ३२ वर्षीय हरिलाल रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो।

फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका रानालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

















