बैतडीमा जीप दुर्घटना हुँदा ३ जना गम्भीर घाइते
बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । जीप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका ५ का १४ बर्षीय भीम धामी, सोही ठाउँका २५ बर्षीय दीपकसिंह कार्की र प्रहरी जवान समेत रहेका दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्मर महरा गम्भीर घाइते भएका हुन ।

बैतडीको गोठलापानीबाट दोगडाकेदार – ४ बसाली तर्फ गईरहेको से १ ज २२६ नम्बरको जीप बिहीबार दिउँसो दोगडाकेदार गाउँपालिका – ३ तारल भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइतेको उपचारका लागि धनगढी पठाइएको खोचलेक प्रहरीले जनाएको छ ।

जीपमा सवार अन्य ७ जना भने सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताएका छन । जीप सडकबाट करीब ५० मिटर तल खसेको छ । जीपमा १० जना सवार रहेका थिए ।