खाेज्नुहाेस

वायु प्रदूषण बढेपछि दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द

Image

दिल्ली – वायु प्रदूषण बढेपछि दिल्लीका विद्यालय बन्द भएका छन । प्रदूषण बढेको भन्दै दिल्ली सरकारले अनिश्चित कालका लागि विद्यालय बन्द गरेको हो ।

navjiwan hospital

बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको जनाएका छन ।
उनले शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय शुक्रबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने बताए ।

attariya hospital

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।

बुधबार अदालतले वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बाध्य पारिएको’ भन्दै दिल्ली सरकारमाथि प्रश्न उठाएको थियो । पछिल्ला केही हप्तायता दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएको पनि अदालतले जनाएको थियो ।