सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न प्रचण्डको शुभकामना

 

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष हुन लागेको भन्दै शुभकामना दिएका छन । राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा बोल्दै प्रचण्डले महासचिव मैनालीले राजा महेन्द्रको प्रसंसा गरेपछि यस्तो शुभकामना दिएका हुन ।

मैनालीले विगतमा सशस्त्र आन्दोलन (झापा बिद्रोह) गरेको स्मरण गर्दै प्रचण्डले अहिले भने उनको भाषा फेरिएको देख्दा अचम्ममा परेको बताए ।

‘उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ कि जस्तो लाग्यो, साँच्चै त्यसो हो भने सीपीजीलाई बधाइ छ’ उनले भने । प्रचण्डले आफूले भने त्यस्तो भाषामा कुरा गर्न नसक्ने बताए ।

राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा प्रचण्ड भन्दा अगाडि मन्तव्य राखेका मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्राहनीय रहेको भनेपछि प्रचण्डले उनीमाथि खनिएका थिए ।

महासचिव मैनालीले राजा महेन्द्रको खुलेर प्रशंसा गरेका थिए । उनले नेपालको राजनीतिक इतिहासमा भएका चार वटा राजनीतिक परिवर्तनमध्ये राजा महेन्द्रले गरेको परिवर्तन बाहेक अरु सबै परिवर्तन बाह्य हस्तक्षेपको अवाञ्छित परिणाम रहेको दाबी गरे । उनले अगाडि भने, ‘सीपी मैनाली राजा महेन्द्रलाई राष्ट्रवादी भन्छ ।’

 

maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.