आज विश्व एड्स दिवस
धनगढी – आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ४४ जना एचईभी संक्रमीत बिरामीहरू उपचार रथ अवस्थामा रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय कैलाली अनुसार सुदूरपश्चिम प्रदेश भर १७ वटा एआईटी साइटहरूबाट गत आर्थिक वर्षमा ३ हजार ४ सय ७३ जनाले उपचार गराई रहेका छन् । भने चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ३ हजार ५ सय ४४ जना एचआइभी एड्स सङ्क्रमित बिरामीको नियमित उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका एचआइभी एड्स फोकल पर्सन मनोज ओझाले जानकारी दिए ।

संक्रमीत सङ्ख्याको आधारमा सुदूरपश्चिम प्रदेका ९ ओटै जिल्ला मध्ये कैलालीमा सबैभन्दा बढी १ हजार ६ सय ९ जना, अछाममा ६ सय ८५ जना, डोटीमा ४ सय ८९ जना, कञ्चनपुरमा ३ सय ६२ जना, बैतडीमा १ सय ८ जना, बाजुरामा ५९ जना, दार्चुलामा ४०, डडेल्धुरामा १ सय १० र कञ्चनपुरमा ३ सय ६२ जनाले औषधी सेवन गरिरहेको ओझाले बताए ।

नेपालमा एचआईभी संक्रमितको अनुमानित संख्या ३० हजार ३ सय रहेको छ । महिला संक्रमित १३ हजार ९ सय ८६ र पुरुष १६ हजार ३१४ जना छन् ।
मुलुकमा विभिन्न समयमा गरी वार्षिक ७ सय ५४ संक्रमित थपिने गरेका छन् । त्यसैगरी एड्सकै कारण एक वर्षमा ६ सय ३६ जनाको मृत्यु हुने भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा मात्र १५ देखि २४ वर्षका संक्रमित युवाहरूको प्रतिशत शून्य दशमलव २० प्रतिशत रहेको छ । हजार जनसंख्यामा एचआईभीको संक्रमणदर शून्य दशमलव ३ प्रतिशत छ ।
नेपालमा सन् २०३० सम्ममा एडसको महामारीको अन्त्य गर्ने लक्ष्य राखेको छ । शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्स सम्बन्धी मृत्यु र शून्य एचआईभी सम्बन्धित भेदभाव गर्ने लक्ष्य राखेको छ ।
नेपालमा एचआईभीको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीहरूसमेत एचआईभीको उच्च जोखिममा छन् ।
नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । नेपालमा रहेको एचआईभीको वर्तमान अवस्थालाई केन्द्रीकृत महामारीको रुपमा परिभाषित गरिन्छ । एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका जोखिममा रहेका समूहमा एचआईभी संक्रमणदर ५ प्रतिशत भन्दा बढी छन् । सामान्य जनसंख्यामा एचआईभी संक्रमणदर १ प्रतिशत भन्दा कम हुनु हो ।
एचआईभी संक्रमितहरूलाई ८३ वटा एआरटी केन्द्रहरू स्थापना गरी ४५ वटा एआरभी केन्द्रहरूबाट निःशुल्क औषधि वितरण भइरहेको छ । हाल ४४ वटा जिल्लामा सञ्चालित छन् ।
विश्वभरमा सन् २०२० को अन्त्यसम्ममा ३ करोड ७७ लाख एचआईभी संक्रमित थपिएका छन् । सन् २०२१ युएनएड्सका तथ्यांकले उक्त कुराको जानकारी दिएको छ ।
सन् २०२० मा १५ लाख नयाँ एचआईभी संक्रमण भएको अनुमान गरिएको थियो । जुन सन् २०१० को तुलनामा ३१ प्रतिशतले घटेको हो । सन् २०१० मा २१ लाख नयाँ संक्रमित थिए ।
त्यसैगरी युएनएड्सकाअनुसार सन् २०२० मा १ लाख ५० हजार बच्चामा एचआईभी पुष्टि भएको थियो । जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको हो । सन् २०१० मा ३ लाख २० हजार बच्चामा नयाँ संक्रमण भएको अनुमान थियो ।
एड्सको कारणले सन् २०२० मा मात्रै करीब ६ लाख ८० हजार व्यक्तिहरुको मृत्यु भएको छ । जुन सन् २०१० को तुलनामा ४८ प्रतिशतले कम भएको हो । सन् २०१० मा १३ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भएको अनुमान थियो ।
