माओवादी चुरे गाउँपालिकाको अध्यक्षमा हर्क नेपाली चयन

अत्तरिया – नेकपा माओवादी केन्द्र कैलाली चुरे गाउँपालिका कमिटीको अध्यक्षमा हर्क नेपाली सर्वसम्मत चयन भएका छन । माओवादी केन्द्र चुरे गाउँपालिकाको प्रथम नगर सम्मेलनबाट नेपाली अध्यक्षमा चयन भएका हुन ।

maya metro hospital

त्यस्तै गाउँपालिका कमिटिको उपाध्यक्षमा दिलिपबहादुर सिजापती मगर, खेम साउद, पदमा थापा मगर, सचिवमा, टेकेन्द्र बम रजवार, सह– सचीव नर बहादुर विक र कोषाध्यक्षमा गोपाल धामी चयन भएका छन ।

citizen security services

सम्मेलनबाट ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ ।

attariya hospital

सम्मेलनको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन्द भट्ट प्रमुख अतिथि रहेका थिए । मुख्यमन्त्री भट्ट नेकपा माओवादीका सुदूरपश्चिम सहइन्चार्ज समेत रहेका छन ।

आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तरगत चुरेमा नयाँ नेतृत्व चयन गरिएको हो । माओवादीले मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.