काँग्रेस कञ्चनपुर सभापतिमा बोगटी निर्वाचित
कञ्चनपुर – नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् ।
कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत भएको निर्वाचनमा प्रतिद्धन्द्धी बहादुर सिँह थापालाई ९१ मतान्तरले पराजित गर्दै बोगटी जिल्ला सभापतिमा निर्वाचित भएका हुन ।
बोगटीले ८०६ प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी थापाले ७१५ मत पाएका थिए । बोगटी नेता रमेश लेखक निकट र थापा एनपि साउँद निकट मानिन्छन ।
निर्वाचनमा जिल्ला उपसभापति र सचिव पदमा भने थापा प्यानलका उम्मेदवार विजयी भएका छन । उपसभापतिमा मीनबहादुर सिंह र हरी चन्द्र राना विजयी भएका हुन ।
उनीहरुले क्रमशः ७८६ र ७६३ मत ल्याएका थिए । त्यसैगरी सचिवमा भीमराज भट्ट र हेमराज ओझा विजयी भएका छन् । उनीहरुले क्रमशः ७२८ र ६९४ मत ल्याएका हुन् ।
सहसचिवमा भने थापा प्यानलका नाफु सिंह साउँद र बोगटी प्यानलका पुस्कल चौधरी निर्वाचित भएका छन् । जम्मा १६१८ मत मध्ये शनिबार भएको निर्वाचनमा १ हजार ५ सय ७१ मत खसेको थियो ।