खाेज्नुहाेस

पुलबाट सेती नदीमा हाम फालेकी एक महिला बेपत्ता

Image

डोटी – डोटीको दिपायलकी एक महिला सेती नदीमा बेपत्ता भएकी छन्। शुक्रबार दिउँसो सेती नदीमा हाम फालेर उनी बेपत्ता भएकी हुन्।

navjiwan hospital

बेपत्ता महिलाको पहिचान खुलेको छैन। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले जानकारी दिए।

attariya hospital

उनले दिपायलस्थित सेती नदीको पक्की पुलमाथिबाट हाम फालेको प्रहरीले जनाएको छ। उनको खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ।