अत्तरिया – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रिय कार्यसमिति सभापतिमा बसन्त रोकाया निर्वाचित भएका छन । सोमबार भएको निर्वाचनमा प्रतिद्धन्दी दिनेश जोशीलाई पराजित गर्दै रोकाया निर्वाचित भएका हुन ।
क्षेत्रिय सभापतिमा निर्वाचित रोकायाले २७९ मत पाएका थिए भने उनका प्रतिद्धन्दी जोशीले २३१ मत पाएका छन । दुवै बिचको मतान्तर ४८ रहेको छ । चुुनावको मतगणना मंगलबार साँझ सकिएको छ ।


मतदान अधिकृत मदन बहादुर बमले कुल ५ सय ४३ मत खसेको र बाँकी मत बदर भएको बताए ।
यद्धपी सोमबार उनले ५ सय ४६ मत खसेको जानकारी दिएका थिए । ‘केही त्रुटी भएको होला । अहिले मत गन्दा ५ सय ४३ भयो’ मतदान अधिकृत बमले भने ।
सभापतिमा निर्वाचित रोकाया नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य समेत रहेका छन । उनी अत्तरिया उद्योग बाणिज्य संघ सस्थापक अध्यक्ष हुन ।
जेष्ठ नागरिकको सुझाव लिई युवा जोशका साथ कांग्रेस पार्टीलाई अगाडी बढाउने छु : रोकाया

















