एजेन्सी – भारतीय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा सो’ का सञ्चालक कपिल शर्माले पुर्ख्यौली थलो पन्जाबमा विलासी फार्महाउस किनेका छन् ।

मुम्बईको पटियालामा आलिसान घर भएका शर्माले पुर्ख्यौली थलो पन्जाबमा २५ करोड भारु (नेपाली ४० करोड रुपैयाँ) मा फर्म हाउस किनेका हुन । चारैतिर हरियाली भएको त्यो फार्महाउस निकै सुन्दर छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कपिल भारतमा धेरै आयकर तिर्ने कलाकारको सूचीमा अग्रस्थानमा छन् ।
यस्तै फोर्ब्सले उनलाई सबभन्दा धेरै पारिश्रमिक लिने सेलेब्रेटीको सूचीमा राखेको छ । उनले कपिल सोको एक एपिसोडको भारु ८० देखि ९० लाखसम्म लिने गर्छन् ।



















