अत्तरिया – नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत कैलाली क्षेत्र नम्बर ४ को सभापति पदका लागि दिनेश राज जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन । हाल कैलाली क्षेत्र नम्बर ४ का सभापति रहेका जोशीले पुनः दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन ।
२०४६ सालको जनआन्दोलनबाट आफ्नो राजनैतिक यात्रा सुरु गरेका जोशी यसअघि कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा आफ्नो पहिलो कार्यकाल पुरा गरिसकेका छन ।


नेविसंघ, नेपाल तरुण दल, कांग्रेस जिल्ला कार्य समिति सदस्य रहिसकेका जोशीले २०४८ साल देखि हाल सम्म पार्टीका बिभिन्न भातृ संघसंस्थाको नेतृत्व लिइसकेका छन ।
उम्मेदवारी घोषणा गर्दै जोशीले कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउबाले लिएको नीतिलाई आत्मसात गर्दै अगाडी बढ्ने बताएका छन । उनले आफू पुनः नेतृत्वमा आए यस क्षेत्रको गुटबन्दी राजनीतिलाई परास्त गर्ने बताएका छन ।
जोशीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन बिषयमा स्नातक गरेका छन । उनी युवाहरुको माझमा लोकप्रीय नेता मानिन्छन ।
यसअधि कैलाली क्षेत्र नम्बर ४ का लागि अर्को प्यानलबाट बसन्त रोकाया (ललीत) ले उम्मेदवारी घोषणा गरेका थिए । यो संगै कैलाली क्षेत्र नम्बर ४ मा चुनावी प्रक्रियाबाट सभापतिको टुङ्गो लाग्ने देखिएको छ । कांग्रेसको क्षेत्रिय अधिवेशन सोमबार हुँदै छ ।



















