धनगढी – कैलालीको धनगढीमा रहेको एक पसलमा आगलागी भएको छ । वडा नम्बर ३ बिसालनगरमा रहेको बिएमबी सप्लायर्समा आगलागि भएको हो ।

एक्कासी भएको आगलागि अहिले दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएका छ । क्षतिबारे विवरण भने आउन बाँकी रहेको छ ।
नोट : यसअघिको सामाचार अपडेट गरिएको



















