अत्तरिया – नेपाल आयस बियरको टिकटक प्रतियोगीता हुने भएको छ ।
चौधरी ग्रुप अन्तरगत रहेको सि. जि. ब्रुअरी नेपालले ‘नेपाल आइस हातमा’ नामक टिकटक प्रतियोगीता गर्ने भएको हो । प्रतियोगीतामा सहभागी हुनेहरुले नेपाल आइस बियरको अफिसियल टिकटक च्यानल बाट नेपाल आइस हातमा नामक गित छनोट गरि उक्त प्रतियोगितामा भाग लिन सक्ने बताईएको छ ।


सहभागीहरुले भिडियो बनाइसकेपछि आफ्नो प्रोफाइलमा पोस्ट गर्दा नेपाल आईस बियरको च्यानललाई ट्याग गर्नुका साथै #NepalIceHattma #NepalIce #NepalÚsPride ह्यास्ट्याग प्रयोग गर्नुपर्नेछ ।
उक्त प्रतियोगीतामा प्रथम हुने बिजेताले रु. १ लाख ५० हजार जित्नेछन भने पाँच जना उत्कृष्ट सहभागीहरुलाई जनहि रु. २५ हजार प्रदान गरिने कम्पनीले जनाएको छ ।
नेपाल आईस बियरको ब्राण्ड झल्किने खालका लोगो, शब्द, संगीत वा हावभाव प्रयोग गरिएको रचनात्मक र मौलिक भिडियोहरुलाई प्रतियोगीतामा सर्टलिस्टेड गरिनेछ ।
प्रतियोगीताका नियम र सर्तहरू तथा अन्य जानकारीका लागी प्रतियोगीहरुले नेपाल आईस बियर फेसबुक पेजमा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ । टीकटक प्रतियोगितामा भाग लिने अन्तिम मिति मंसीर १२ गते सम्म रहेको कुरा प्रादेशिक विक्री प्रबन्धक मनोज कुमार घिमिरेले बताए ।

















