अछाम – अछाममा रुखबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको कमलबजार नगरपालिका – ४ चाल्साकी अन्दाजी ५० वर्षिया विष्णा देवी थापाको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको हो ।

घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी थापाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरीएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।
अवस्था गम्भीर भएपछि उनको गृह मन्त्रालयको पहल र सुदूरपश्चिम प्रदेश सरकार कानुन मन्त्रालयको आर्थिक सहयोग मार्फत उद्धार गरिएको बताईएको छ ।

















