खाेज्नुहाेस

कांग्रेस गोदावरी ९ को सभापतिमा रानाथारु र ५ को सभापतिमा भट्ट विजयी

Image

अत्तरिया – नेपाली कांग्रेस गोदावरी नगरपलिका –९ को सभापतिमा मेघनाथ रानाथारु र गोदावरी नगरपालिका – ५ को वडा सभापतिमा सिद्धराज भट्ट निर्वाचित भएका छन ।

रानाथारु कुल मत मध्ये १ सय १२ मत ल्याउँदै विजयी भएका हुन । उनका प्रतिद्धिन्दी जय बहादुर भाटले भने ३१ मत मात्रै ल्याएका छन । रानाथारु ८१ मतातन्तरले विजयी भएका हुन ।

attariya hospital

त्यस्तै वडाको उपसभापतिमा रानाथारु प्यानलबाटै मुकुन्द जोशी र भगवती राना, सचिवमा रामेश्वर ओझा र झलक बहादुर सिंह तथा सहसचिवमा कमल बोहरा र मोहित राना निर्वाचित भएका छन ।

वडा प्रनिनिधिमा रानाथारु प्यानलबाट २७, क्षेत्रिय प्रतिनिधिमा १६ जना सबै रानाथारु प्यानलबाटै निर्वाचित भएको वडाका निर्वाचन अधिकृत धन बहादुर खड्काले बताएका छन ।

navjiwan hospital

यस्तै वडा नम्बर ५ को वडा सभापतिमा प्रतिद्धन्दी मोहन सिह मडौलाई पराजित गर्दै सिद्धराज भट्ट विजयी भएका छन ।

वडाको उपसभापतिमा जगत रानाथारु, तारादत्त भट्ट, सचिवमा यज्ञराज अवस्थी, दिलिप कुमार भट्ट तथा सहसचिवमा यक्षराज भट्ट र नरेन्द्र प्रसाद अवस्थी निर्वाीचत भएको वडाका निर्वाचन अधिकृत वेदप्रसाद ओझाले बताएका छन ।

सम्बन्धित समाचार

कांग्रेस गोदावरी – २ को वडा सभापतिमा जोशी निर्वाचित

कांग्रेस गोदावरी – ४ को वडा सभापतिमा रावल विजयी

कांग्रेस गोदावरी १२ को वडा सभापतिमा विक निर्वाचित