अत्तरिया – नेपाली कांग्रेस गोदावरी १० को वडा सभापतिमा देव बहादुर टमटा पुरै प्यानल सहित विजयी भएका छन । टमटाले प्रतिद्धन्दी भोजराज भाटलाई २५ मतान्तरले पराजित गरेका छन । टमटाले ७६ मत ल्याउँदा उनका प्रतिद्धन्दी भाटले ५१ मत मात्रै ल्याएका थिए ।
त्यस्तै उपसभापतिमा टमटा प्यानलबाटै कमल सिह ऐर र नरेश कुमार ठकुन्ना, सचिवमा शेर बहादुर तामाङ र भिम बोगटी तथा सहसचिवमा डम्बर बहादुर बोहरा र महेश कुमार मल्ल निर्वाचित भएको वडा निर्वाचन अधिकृत हिक्मत विष्टले बताएका छन ।


एनका अनुसार क्षेत्रिय प्रतिनिधिमा १७ जना र वडा प्रतिनिधिमा ४५ जना टमटा प्यानलबाटै विजयी भएका छन ।
सम्बन्धित समाचार


















