खाेज्नुहाेस

पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिविरुद्ध अत्तरियामा प्रदर्शन

Image

अत्तरिया – कैलालीको अत्तरियामा खाध्य र पेट्रोलियम पदार्थमा भएको मृल्य वृद्धि विरुद्ध बिरोध प्रर्दशन गरिएको छ । देशव्यापी कार्यक्रम अन्तरगत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अत्तरियामा विरोध प्रदर्शन गरेको हो ।

विरोध स्वरुप उनीहरुले अत्तरिया बजारमा ¥याली निकाल्दै कोष सभाको आयोजना गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै अनिरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिव बिरेन्द्र शाहले मुल्यवृद्धिका विरुद्धमा देशैभरी सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको बताए ।

attariya hospital

उनले नेपाल कम्युनिष्ट पार्टीले बिहिबार देखि मुल्य वृद्धिविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको बताए । ‘अहिलेको शेर बहादुर दलाल सरकारले देशव्यापी रुपमा मुल्यवृद्धि गरेको छ । पछिल्लो १५ दिनमा मात्रै २ पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ’ उनले भने ‘यसरी भएको मुल्य वृद्धिको मारमा यो देशका मजदुर, किसान परेका छन । आज श्रम गरेर खाने वर्ग अहिले मृल्य वृद्धिका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएको छ ।’

navjiwan hospital

उनले आफूहरुले पटक–पटक मुल्य वृद्धिका विरुद्ध आवाज उठाउदै आएको भएपनि सरकारले बेवस्था गरेको बताए । मागको सुनुवाई नभएको आगामी दिनमा सशक्त रुपमा अगाडी बढ्ने सचिव शाहले बताए ।

यसअघि उक्त पार्टीले प्रेश विज्ञप्ती जारी गर्दै देशव्यापी आन्दोलका कार्यक्रम घोषणा गरेको थियो । जस अन्तरगत कात्तिक २५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने, कात्तिक २६ गते प्रचारप्रसार र साँझ मसाल जुलुस निकाल्ने, कात्तिक २७ गते देशव्यापी प्रदर्शन गर्ने, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम गर्ने, कात्तिक २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने र कात्तिक ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरिएको थियो ।

सरकारले बुधबार पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर ३ का दरले बढाइएको थियो भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ बढाएर १५ सय ७५ पुगाएको थियो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य ११९ कायम भएको छ ।