खाेज्नुहाेस

अछामका युवा नेता भाटद्वारा कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा

Image

निराजन भण्डारी/ अछाम – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन जारी रहँदा विभिन्न पदको लागि उम्मेदवारी घोषणा गर्ने कार्य निरन्तर चलिरहेको छ । सोही क्रममा आउँदो महाधिवेशनका लागि अछाम क्षेत्र नम्बर २ का युवा नेता वसन्तराज भाटले खुल्ला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको लागि घोषणा गरेका छन ।

navjiwan hospital

उनले आफूले पार्टी संगठनलाई बलियो र मजबुत बनाउन लामोसमय देखि निरन्तर लागि परेकाले पार्टीलाई विधिसम्मत ढंगबाट संचालन गर्न आवश्यक रहेको बताए ।

attariya hospital

उनले युवा वर्गको आवाज उठाउनको लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए । ‘आफूले १४ औँ महाधिवेशनको केन्द्रीय प्रतिनिधि जितेमा युवाहरूकै साथमा रहेर काम गर्ने बाचा गर्दछु’ उनले भने ‘सबै अट्ने, देश सबैलाई जोड्ने कांग्रेस बनाउन आफू जहिले पनि निरन्तर खटिरहने छु ।’