अत्तरिया – उपमेयर राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको क्वाटरफाइनल खेलमा कैलालीको गोदावरी नगरपालिकाको महिला फुटबल टिम पराजित भएको छ ।
बुधबार काठमाण्डौंको सातदोबाटो स्थित एन्फा मुख्यालयको खेलमैदानमा झापाको कन्काई नगरपालिका संग भएको खेलमा गोदावरीको टिम ३–० गोलको अन्तरले पराजित भएको हो । उक्त खेलमा कन्काई नगरपालिकाकी जर्सी नम्बर ११ कि दिपा शाही प्लेयर अफ दि म्याच घोषित भइन् । यो संगै गोदावरीको टिम प्रतियोगिताबाट बाहिरीएको छ ।

पहिलो पटक राष्ट्रिय महिला लिग छनौटमा सहभागि भएको गोदावरीको टिम आफ्नो अपराजित यात्रालाई कायम राख्दै क्वाटरफाइनल प्रवेश गरेको थियो ।


यसैबिच बुधबार भएको अर्को खेलमा कैलालीको गौरीगंगा नगरपालिका सेमिफाइनल चरणमा प्रवेश गरेको छ । क्वाटरफाइनल चरणको पहिलो खेल गौरीगंगा नगरपालिका र रोङ्ग गाउँपालिका बिच भएको थियो । जसमा दुबै टिमले निर्धारित समयमा १–१ गोलको बराबरी खेल्दा खेल ट्राइबेकरमा पुगेको थिए ।
जसमा गौरीगंगा नगरपालिका ३–२ गोल अन्तरले रोङ्ग गाउँपालिका लाई पराजित गर्दै आफ्नो सेमिफाइनलको स्थान पक्का गरेको हो । गौरीगंगा नगरपालिकाको जितमा लिला जोशी नायक बन्दा जित निकाल्न सफल भएको थिए । उनी खेलको प्लेयर अफ दि म्याच समेत घोषित भइन ।
यो संगै क्वाटरफाइनल चरणका खेल सकिएका छन भने सेमिफाइनलमा कैलालीको धनगढी उप–महानगरपालिका, गौरीगंगा नगरपालिका, ललितपुर महानगरपालिका र कन्काई नगरपालिका पुगेका छन ।
सेमिफाइनल खेल कार्तिक २६ गते ललितपुर महानगरपालिका र कन्काई नगरपालिका बिच १२ बजे र दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशकै दुई टिम गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिका बिच दिउँसो ३ बजे एन्फा मुख्यालयको खेलमैदान हुने छ ।
लिग चरणमा सहभागि ३१ टोलिमध्ये १० टोलि नकआउट चरणका लागि छनौट भएका थियो । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय महिला लिगमा स्थान बनाउनेछन् भने प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख पाउनेछ ।




















