खाेज्नुहाेस

सेतीमा गरिएको कोरोना परिक्षणमा ६ संक्रमित थपिए

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ नमूनाको कोरोना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ३ कोरोना संक्रमति उपचाररत रहेका छन ।

attariya hospital

जसमध्ये २ कोरोना संक्रमितको आइसियु र १ कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।