खाेज्नुहाेस

बैतडीमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण

Image

बैतडी – बैतडीमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण गरिएको छ । जिल्लाको दोगडाकेदार–३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधासम्पन्न छात्रावास भवन निर्माण गरिएको हो ।

navjiwan hospital

उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर कार्कीले बताए ।

attariya hospital

संघीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा ३ करोड ४ लाख लागतमा उक्त छात्रावास निर्माण गरिएको हो । १७ कोठाहरू, २ हल, चमेनागृह र घेरपर्खाल सहितको दुई तले सुविधा सम्पन्न छात्रवास भवन निर्माण गरिएको क्याम्पसका प्रमुख कार्कीले बताए ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको श्रीकोट बहुमुखी क्याम्पस वि स २०६९ सालमा स्थापना भएको हो । हाल यहाँ स्नातकोत्तरसम्मको पढाई हुने गर्दछ । यस क्याम्पसका हाल बैतडीका विभिन्न स्थानका २५० बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।