खाेज्नुहाेस

अत्तरियामा भेटिएका बेवारिसे युवकको उद्धार

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाको बसन्तपुरबाट एक युवकको उद्धार गरिएको छ । आइतबार साँझ बेवारिसे अवस्थामा फेला परेका अन्दाजि २४/२५ बर्षका तारा गिरी नाम बताउने युवाको उद्धार गरिएको हो ।

सुस्तमनस्थिति भएको जस्तो देखिने ति युवा आइतबार साझ सडकमा एक्लै बसेको देखेर सोधपुछ गर्दा बेवारिसे जस्तो देखेर उद्धार गरेको संचारकर्मी गोपाल जोशीले बताएका छन ।

attariya hospital
navjiwan hospital

ति युवालाई थ्रिडिभिएल क्रियसन अत्तरियाको सहजिकरणमा उद्धार गरी ईलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याइएको थियो ।

उनलाई प्रहरीको सहयोगमा पछि मानव सेवा आश्रम धनगढी पठाइएको थ्रिडिभिएका अध्यक्ष दिपक ओझाले बताएका छन ।

यो पनि पढ्नुहोस : अत्तरियाको विजयनगरबाट बेवारिसे युवकको उद्धार