
कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको छ। शुक्रबार राति कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरबाट प्रहरीले ६२ हजार ७ सय ९० नगद रुपैयाँ सहित जुवाडेहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेका १० जनाको नाम भने सार्वजनिक गरेको छैन। पक्राउ गरिएका सबैमाथि थप अनुसन्धान भइरहेको जनाईएको छ।




















