अत्तरिया – कैलालीको गोदावरी नगरपलिका – ६ मा कांग्रेसका नेता कार्यकर्ताले कृयाशिल सदस्यको घर–घरमा लक्ष्मीको फोटो वितरण गर्दै तिहारको शुभकामना आदानप्रदान गरेका छन ।

बिहिबार १४ औ महाधिवेशनको लागि गोदावरी नगरपालिका – ६ को वडा सभापति पदका उमेदवार शंकर खड्काको टिमले वडामा रहेका २ सय ३५ कृयाशिल सदस्यको घरमै पुगेर शुभकामना आदानप्रदान गरेका हुन ।


उक्त कार्यक्रममा १४ औ महाधिवेशन लागि गोदावरी नगरपालिका – ६ को वडा सभापति पदका उमेदवार खड्का संगै महासमिति सदस्य डा. लक्ष्मी राज पाटक , गजेन्द्र पन्त , सारादा केसि लगायतको सहभागिता रहेको थियो ।




















