अत्तरिया – कञ्चनपुरमा अवैध रुपमा भित्र्याउदै गरेका करिब २ लाख बराबरका सामग्री बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी तथा बोर्डर आउट पोष्ट दोधाराचाँदनी, डोकेबजार र सुरक्षा बेश मझगाउँबाट खटीएको सीमा गस्ती टोलीले १ लाख ८४ हजार २ सय ३० रुपैया बराबरका सामग्री बरामद गरेको हो ।

सीमा ईलाकाबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको बेवारिसे अवस्थामा रहेको मोटरसाईकल, पार्टस, कपडा, तामाका भाँडाबर्तनहरु, मिठाई, फोटा र मालाहरु बरामद गरिएको हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।
बरामद गरिएका सामग्रीहरु आवश्यक कानूनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाईएको बताईएको छ ।


















