खाेज्नुहाेस

अछाममा १४ दिनदेखी बेपत्ता युवक मृत फेला, हत्या भएको भन्दै स्थानिय आन्दोलित

Image

अछाम – अछाममा १४ दिनदेखि बेपत्ता एक युवक मृत फेला परेका छन ।

navjiwan hospital

जिल्लाको कमलबजार नगरपालिका वडा नं ५ कुइका घर भएका ३४ वर्षीय रेशमराज तिमिल्सेना आज (सोमवार) मृत फेला परेका हुन । कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएका उनी गैरिटाँड नजिकै बाँसको झाडीमा मृत फेला परेका प्रहरीले जनाएको छ ।

attariya hospital

मृतक तिमिल्सेना नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी थिए भने भुवनेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि हुन् । मृतकका आफन्तले हत्या भएको बताउदै अनुसन्धानको माग गरेका छन ।

सोमबार स्थानियहरुले अनुसन्धानको माग गर्दै आन्दोलन गरेका छन । उनीहरुले गैरिटाँड बजार बन्द गरेका छन् भने बाटोमा चक्का जाम गरेका छन् ।