खाेज्नुहाेस

‘डिजे मेरो गीत बजाई दे’ को म्युजिक भिडियो सार्वजनिक

Image

बौनियाँ – गायक धन बहादुर विकको ‘डिजे मेरो गीत बजाई दे’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विकको आफ्नै स्वर रहेको उक्त गीतमा दिल रोकायाको शब्द र संगीत रहेको छ भने मुकुन्द जी सी र मिनु महतको अभिनय रहेको छ ।

attariya hospital

झलक संगीतमको एरेन्ज रहेको उक्त गितको भिडियोलाई रमेश बिजुली वीसिले निर्देशन गरेका छन । अनमोल अनलाईन टेलिभिजनले निर्माण गरेको उक्त गितको भिडियोलाई पि आर जोशीले सम्पादन गरेका छन ।

navjiwan hospital

अनामनगर काठमाण्डौँमा रहेको ओएसआर युट्युब च्यानलमार्फत उक्त गीत बजारमा सार्वजनिक गरिएको छ । यता कैलालीको बर्दगोरिया गाउँपालिका–३ का दिल वहादुर रोकायाको शब्द संकलनमा ४ वटा लोकदोहोरी, २ वटा आधुनिक र डिजे गीत २ गरी हालसम्म ८ वटा गीत रेकर्ड भइसकेका छन् ।

उनले दर्शक तथा श्रोतामाझ छिट्टै नयाँ लोकदोहोरी गीतको एल्बम बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिए ।

गीत संगीतप्रति माया र कलाकारिता क्षेत्रमा भविष्य खोज्दै हिंड्ने गीत संगीतप्रेमीलाई प्रोत्साहनको वातावरण हुन नसकेको रोकाया बताउँछन् ।

कला, संगीतमा अभिरुची राख्ने स्थानीय प्रतिभालाई स्थानीय स्तरबाट नै प्रोत्साहनको वातावरण हुन सकेमा गाँउ समाजमा लुकेर रहेका थुप्रै प्रतिभाहरुको उजागर र विकास गर्न सकिने उनको भनाइ छ ।

सार्वजनिक मेला, महोत्सव तथा कार्यक्रममा स्थानीय कलाकार, स्रष्टा तथा सर्जकलाई स्थान दिनुपर्नेमा उनको जोड रहेको छ ।