खाेज्नुहाेस

कालापानी, लिपुलेक र लिम्पियाधुरा जनगणना गर्न माग गर्दै तालाबन्दी

Image

दार्चुला – भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा जनगणना गर्न माग गर्दै तालाबन्दी गरिएको छ । जनगणनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति दार्चुलाले शुक्रबार दार्चुलामा रहेको जनगणना कार्यालयमा तालाबन्दी गरेको हो ।

navjiwan hospital

जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेयले ३ जना आएर कार्यालयमा ताला लगाएर हिडेपनि पछि सुरक्षाकर्मीको टोलीले ताला खोलेको बताए ।

attariya hospital

तालाबन्दी पछि नेपाल कम्युनिष्ट पार्टी जिल्ला समितिका सचिव भरत मल्लले एक प्रेस बिज्ञप्ती जारी गर्दै कालापानी, लिपुलेक, लिम्पियाधुराका अतिरिक्त ब्यास गाउँपालिकाका छाङरु, गागा, तल्लोकावा, गुन्जि, नाभी, कुटीलगायतका गाउँका स्थानीयलाई गणनामा छुटाएमा थप संर्घषका कार्यक्रम गर्ने जनाएका छन् ।