अत्तरिया – मोहना अत्तरिया ६ लेन सडकमा राखिएको डिभाइडरका पिकअप गाडी ठोक्किएको छ । सडकको बोराडाडीमा राखिएको डिभाइडरमा उक्त पिकअप ठोक्किएको हो ।

अत्तरियाबाट धनगढी जाँदै गरेको पिकअप सडकमा छाडिएका गाईलाइ बचाउन खोज्दा डिभाइडरमा ठोकिएको जनाइएको छ ।

गाडीमा सवार दुई जना भने सकुसल रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

















