अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १७ नमूनाको कोरोना परिक्षण गरिएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । सेतीमा मंगलबार १० संक्रमत थपिएका छन ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कञ्चनपुरको भिमदत्त नगरपालिका – ५ की ६७ बर्षिय पूरुषको मृत्यु भएको हो ।

यसैबिच अस्पतालबाट पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन । हाल सेतीमा १७ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ३ जनाको आईसियु र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।



















