खाेज्नुहाेस

बैतडीको गोइडा खोलामा पुरुषको शव फेला

Image

बैतडी – बैतडीको गोइडा खोलामा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । पाटन नगरपालिका – ६ पैर्यौडा बस्ने ३८ बर्षीय दमनराम पहरीको शव मंगलबार बिहान खोलामा फेला परेको हो ।

navjiwan hospital

सोमबार देखि परिवारको सम्पर्कमा नरहेका पहरीको शव स्थानियले खोलामा देखेको पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताएका छन ।

attariya hospital

पहरीको टाउको चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक शाहीले बताए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।