खाेज्नुहाेस

सेतीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु 

Image

अत्तरिया – कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कञ्चनपुरको लालझाडी – ४ की ५८ बर्षिय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

यो संगै दोस्रो लहरको कोरोना फैलिएयता सेतीमा मात्रै उपचारका क्रममा ज्यान गुमाउनेको संख्या २ सय ५ पुगेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।

attariya hospital
navjiwan hospital

यसैबिच पछिल्लो २४ घण्टामा सेतीमा ५२ नमूनाको कोरोना जाँच गरिएको छ । जसमा १० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

हालसम्म सेतीमा पीसीआर बिधिबाट १ लाख १६ हजार ६ सय ४९ नमूनाको कोरोना जाँच गरिएकोमा २० हजार ८ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।