खाेज्नुहाेस

कैलालीबाट सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – कैलालीबाट सवारी ज्यान मुद्दामा फरार भएका एक प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीबाट कैद र जरिवाना तोकिएका बर्दगोरिया गाँउपालिका – ३ बस्ने २७ बर्षिय कलक बहादुर रोकाया सोमबार पक्राउ परेका हुन ।

navjiwan hospital

उनलाई सवारी ज्यान मुद्दामा अदालतले २०७१ साल कार्तिक ११ गते २१ दिन कैद र २ हजार जरिवाना तोकेको थियो ।रोकयालाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

पक्राउ परेका प्रतिवादी रोकायालाई सोमबार नै जिल्ला अदालत कैलालीमा पेश गरेको प्रहरीले जनाएको छ ।