सुदूरपश्चिम प्रदेशमा अविरल वर्षामा परि १५ जनाको मृत्यु

वर्षातका कारण आएको पहिरोमा परि डोेटीमा बढी मानविय क्षति पुगेको छ ।

अत्तरिया, ३ कैलाली- सुदूरपश्चिम प्रदेशमा अविरल वर्षामा परि १५ जनाको मृत्यु भएको छ । शनिबार रातीदेखि परेको वर्षाका कारण आएको पहिरोमा परि तीन जिल्लामा १५ जनाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
वर्षातका कारण आएको पहिरोमा परि डोेटीमा बढी मानविय क्षति पुगेको छ ।
डोटीमा पहिरोमा परि मृत्यु हुनेको संख्या नौ पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डोटीका ११ वर्षिय आशिष कुन्जेडा, १४ वर्षिय सागर कुन्जेडा, ६३ वर्षिय जोगी सार्की, ४२ वर्षिय शेर बहादुर विक, मोहन बिक, १३ वर्षिय पबित्रा बिक, १६ वर्षिय रबिन बिक, ३६ वर्षिय मन्धरा बलायर, ५५ बर्षिय झुपरी सार्की रहेका छन ।
यस्तै डडेल्धुरामा पहिरोमा परि ३२ वर्षिय बिष्णु अवस्थि र ६५ वर्षिय नरपता शाहीको मृत्यु भएको छ भने बैतडीमा ७१ वर्षिय परुदेवी महरा, २५ बर्षिय भानु पार्की, २१ वर्षिय पवित्रा पार्की र ३ वर्षिय देवन पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा परि अहिलेसम्म सात जना घाइते भएका छन । प्रहरीका अनुसार घाइते हुनेमा डोटी घर भएका बिर बहादुर कुन्जेडा , बासुदेबी कुन्जेडा र बिन्दा कुन्जेडा रहेका छन भने डडेल्धुराका देवकि रावल र ग्रिस रावल रहेका छन ।
यस्तै बैतडीकी सरस्वती बिष्ट र माया बिष्ट पनि घाइते रहेको प्रहरीले जनाएको छ ।
बझाङमा पहिरोमा परि बेपत्ता भएका २३ जना अहिलेसम्म फेला पर्न सकेका छैनन । उनीहरुको खोजी कार्यका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर पठाएको छ ।
यस्तै डोटीमा पनि पहिरोमा परेका व्यक्तिहरुको उद्दारका लागि हेलिकोप्टर पठाइएको प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री पूर्णा जोशीले बताइन ।
प्रदेशमा पहिरोका कारण १५ घर भत्किएको जनाइएको छ । पहिरोका कारण बझाङमा १५, डोटीमा दुई र डडेल्धुरामा दुई घर पूर्ण रुपमा क्षति पुगेको प्रहरी कार्यालयको तथ्यांकमा रहेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.