खाेज्नुहाेस

चोरी निकासी गरी ल्याउदै गरेका करिब डेढ लाख बराबरका सामग्री बरामद

Image

अत्तरिया – कञ्चनपुरमा चोरी निकासी ल्याउदै गरेका करिब डेढ लाख बराबरका सामग्री बरामद गरिएको छ ।

navjiwan hospital

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी तथा मातहत बोडर आउट पोष्ट थापाचोक, गड्डाचौकी, बयलबन्दाबाट खटीएका सीमा गस्ती टोलीले १ लाख ४४ हजार बराबरका सामग्रीहरु बरामद गरेको हो ।

attariya hospital

सिमानाकामा गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लघंन गरी अबैध रुपमा चोरी निकासी गरी ल्याउदै गरेको बेवारिसे अवस्थामा रहेका बिडी, बिभिन्न किसिमका आलमोनियमका भाडाबर्तन तथा साईकल बरामद गरिएको सशस्त्र प्रहरी बल हेडक्वाटर शैलेश्वरीले जनाएको छ ।

बरामद गरिएका सामग्रीहरु आवश्यक कानूनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।