धनगढी – ७ बेलीका रमेशको हत्यामा संलग्न २ जना सार्वजनिक
धनगढी – कैलालीको धनगढी – ७ बेलीका २५ वर्षिय रमेश चौधरीको हत्यामा संलग्न २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
आईतबार हत्या अभियोगमा मृतक रमेशकै श्रीमती २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरु दुवै जना मिलेर रमेशको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।
प्रारम्भीक अनुसन्धानका क्रममा अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको उनले बताए । ‘रमेश चौधरीले आफ्नो घर नजिकै परालको थुप्रोमा दुवै जनालाई राति आपत्तीजनक अवस्थामा देखेको रहेछ । सो क्रममा आवेगमा आएर विष्णुमाथि कुटपिट गरेको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘सोही क्रममा विष्णुले प्रतिकार गरेर अमृतासँग मिलेर खेतमा घाँटी थिचेर हत्या गरेको पाइएको छ ।’
बिष्णु चौधरी र अमृता चौधरीको नाममा मृतकका आफन्तले आइतबार नै प्रहर कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिए पश्चात् सोही शिर्षकमा दुवै जना बिरुद्ध मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।
शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका रमेश बिहान मृत अवस्थामा फेला परेका थिए । अमृता चौधरी र बिष्णु चौधरी विगत केही बर्ष देखि प्रेम सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कैलाली प्रहरीले जनाएको छ ।
सम्बन्धीत समाचार
प्रेमीसँग मिलेर धनगढीमा श्रीमतिले गरीन श्रीमानको हत्या
धनगढी – ७ बेलीमा एक युवक मृत फेला