खाेज्नुहाेस

बसको टायर पञ्चरले मुगु बस दुर्घटना भएको खुलासा

Image

मुगु – मुगुको छायानाथ छायाँनाथ रारा नगरपालिका—७ पिना गाउँको तपने खोलामा भएको बस दुर्घटना टायर पञ्चर भएर भएको खुल्न आएको छ ।

नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको छ ।

attariya hospital

उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटनामा परेर १३ जना घाइते भएको प्रहरीले बताएको हो । दुर्घटनास्थल पिना गाउँमा रहेको प्रहरी चौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थल मुनि रहेको थियो ।

navjiwan hospital

प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्ने बित्तिकै बस भिरबाट खसेको देखेका र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले बताए ।

सम्बन्धीत समाचार

maya metro hospital

मुगु बस दुर्घटना अपडेट : मृतकको संख्या २८ पुग्यो

मुगु बस दुर्घटनामा मृतकको संख्या २४ पुग्यो

Karma Consultancy