गौरीगंगामा मनोसामाजिक सहयोग कार्यक्रम आयोजना
कैलाली (गौरीगंगा) – विश्व मानसिक स्वास्थ्य सप्ताहको अवसरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रम गरिएको छ ।
शनिबार गौरीगंगा -९ मसुरियामा फुटबल एकेडेमीका खेलाडी एवम् प्रशिक्षक तथा खेलप्रेमी दर्शकहरुलाई परामर्श तथा मानसिक स्वास्थ्य समस्याका अवस्था र निदानका उपाय सहित समाजमा रहेको नकारात्मक सोचको परिवर्तनले व्यक्तिलाई पर्नसक्ने समस्याका विविध पक्षमा जानकारी प्रदान गरिएको थियो ।
(टिपीओ) नेपालका मनोपरामर्शदाता दिनेश भट्टरईले कार्यक्रमको सञ्चालन गरेका थिए ।
यस वर्षको मुल नारा “असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदान,सुलभ,समान र पहुच्युक्त मानसिक स्वास्थ्य हाम्रो अभियान ” नाराका साथमा यसपटक विश्व मानसिक स्वास्थ्य सप्ताह मनाईदै छ ।
मानसिक स्वास्थ्य महासंघको अगुवाइमा सन् १९९२ देखि हरेक अक्टोबर महिनामा मनाउँदै आइएको छ।