धनगढी – सेरबहादुर देउवा नेतृत्वको सरकार विस्तार हुने क्रममा रहेका बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ मुक्तक रचेका छन । बेला बेलामा तत्कालिन घटनाक्रमलाई मुक्तक मार्फत व्यङ्ग हान्ने गरेका रावलले पुनः ‘ गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र’ शिर्षकमा मुक्तक लेखेका हुन ।
उनले उक्त मुक्तक सामाजिक सञ्जाल ट्युइट मार्फत सार्वजनिक गरेका छन ।


यस्तो छ भीम रावलको मुक्तक
यही नै हो यात्रा, बुध्दि, विवेक
कमिशन मन्त्रालय उद्देश्य एक !
राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ
यसकै लागि पार्टी र गठबन्धन भएछ !
तस्कर होउन या कोही भ्रष्टाचारी
हाम्रो खर्च जुटाउने हुन्छ क्रान्तिकारी !

















