खाेज्नुहाेस

ब्राउन सुगर र चरेस सहित धनगढीबाट एक महिला पक्राउ

Image

अत्तरिया – ब्राउन सुगर सहित कैलालीको धनगढीबाट एक महिला पक्राउ परेकी छिन । प्रहरीले ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र  ४४ ग्राम ७७० मिलिग्राम चरेस सहित डडेल्धुराको अजयमेरु गाउँपालिका – ४ घर भई हाल धनगढी उप–महानगरपालिका – १३ राजपुरमा कोठा गरी बस्ने ३४ बर्षीय आशा बिष्टलाई पक्राउ गरेको हो ।

navjiwan hospital

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बिष्टको कोठामा लुकाई राखेको अबस्थामा  ब्राउन सुगर, चरेस सहित १२  हजार २ सय बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

बिष्टलाई  लागु औषध मुद्दा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।